नियम
निवेदन दिनु पर्ने
(१) ऐनको दफा ४ को उपदफा (१) बमोजिम उच्योग .स्थापना गर्न चाहने व्यक्ति, फर्म वा कम्पनीले देहायका कागजात र विवरणसहित उच्योग दर्ताको लागि उद्योग दर्ता गर्ने निकायमा अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ :-

(को नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा विदेशी नागरिक भएमा राहदानीको प्रतिलिपि,

(ख) निवेदक फर्म भएमा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि वा कम्पनी भएमा कम्पनी दर्ताको प्रमाणपत्र, प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि, (ग) निवेदन दिन प्रतिनिधि नियुक्त गरेको भएमा सोको अख्तियारी पत्र,

(घ) विदेशी लगानीमा उद्योग सञ्चालन गर्ने भएमा विदेशी लगानी स्वीकृति-भएको पत्र,

(ङ) साझेदारीमा उद्योग स्थापना गर्न चाहेको भएमा साझेदारबीच भएको सम्झौताको प्रतिलिपि,

(च) ऐनको अनुसूची-१. मा उल्लिखित उद्योगको हकमा बोर्डबाट प्राप्त अनुमति पत्र।

(२) उपनियम (१) बमोजिम उद्योग दर्ताको लागि निवेदन दिँदा निवेदनसाथ .अनुसूची-२ बमोजिमको ढाँचामा तयार गरेको परियोजना विवरणसमेत पेश गर्नु पर्नेछ।